
टेलिकमले ई–सिम वितरण गर्यो सुरु यस्ता छन् यस्ता छन् बिषेसताहरु
- ByYatra Online TV --
- ३१ भदौ २०७९, शुक्रवार --
दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट आज शुक्रबार विहानदेखि ई–सिम वितरण सुरु भएको हो । नेपाल टेलिकमले ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण थालेको छ । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने छन् ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्नेछ ।
ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक (इम्बेडेड) सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।
।हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने टेलिकमले जनाएको छ । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध नगराइने कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।