प्रधानमन्त्री दाहालले गरे शहीद स्मृति पार्क पुगेर श्रद्धाञ्जली अर्पण

काठमाडौँ, शहीद दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँको लैनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जलि सभा कार्यक्रममा पुगेर श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

प्रधानमन्त्री दाहालले शुभकामना सन्देश मार्फत शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनु सबैमा आव्हान गरेका छन् ।

चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ सङ्कल्पित उल्लेख गर्दै उनले शहीदका सपना पूरा गर्न आह्वान गरे ।

उनले जीवनपर्यन्त आफ्नो सम्पूर्ण तागत देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धतासमेत शुभकामना सन्देशमार्फत व्यक्त गरे ।