
तुल्सीलाल स्मृति प्रतिष्ठानमा एमाले पोलिटब्युरो बैठक सुरु
- ByYatra Online TV --
- १५ भदौ २०७९, बुधवार --
प्रमुख प्रतिपक्षी दल एमालेको पोलिटब्युरो शुरु भएको छ । ललितपुरको बालकुमारीस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा केही बेर अघि बैठक सुरु भएको हो ।
आजको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई छलफलको एजेन्डा बनाईएको बताएईको छ । बुधबारको स्थायी समिति बैठकले आगामी निर्वाचनमा गठबन्धन नगर्ने तर जुनसुकै दलसँग तालमेलका लागि ढोका खुला राख्ने निर्णय गरेको थियो ।
आजको बैठकमा प्रदेश र प्रतिनिधिसभामा उठाउने उम्मेदवार कस्तो हुने र कसरी जाने भन्ने विषयमा छलफल हुने एमालेका केहि नेताहरुले बताएका छन् ।