
ऐतिहाँसिक धार्मिक पर्यटकीय स्थलमा बैतडी जिल्ला
- BySabitri Dhungana --
- ५ असोज २०७९, बुधवार --
बैतडी जिल्ला ऐतिहाँसिक तथा धार्मिक पर्यटकीयस्थलहरूले भरिपूर्ण जिल्ला हो । यस जिल्ला भित्रको विभिन्न धार्मिक स्थलहरु मध्य पुरचौडी नगरपालिका वडा नं.४ भटनामा रहेको मालिका महादेव मन्दिर एक हो ।
यस मन्दिर तत्कालीन बाइसे, चौविसेराजाहरूको पालाको ऐतिहाँसिक मन्दिर पनि हो । यहाँ पनेरू राजाको कोट दरवार, ऐतिहाँसिक सिलेटखानी, डिलाशैनी भगवती मन्दिर निगालाशैनी मन्दिर त्रिपुरा सुन्दरी मन्दिर मेलौली भगवती मन्दिर , पतालभुमेश्वर गुफा बैतडी लगायतले यहाँको पर्यटन बिकाशमा टेवा पुग्ने विश्वास बैतडीका पर्यटन व्यवसायीहरूले लिएका छन ।