
आज दिनभरि नेपाल टेलिकमको मोबाइलमा समस्या
- BySabitri Dhungana --
- ३ माघ २०७९, मङ्गलवार --
नेपाल टेलिकमको मोबाइलमा समस्या आएको छ। प्रयोगकर्ताले फोन गर्दा आफैं काटिने र बिजी टोन आउने समस्या देखिएको छ। यस्तै एसएमएसमा पनि समस्या देखिएको छ। एसएमएस पठाउँदा नजाने समस्या देखिएको छ। टेलिकमको ल्यान्डलाइनमा भने कुनै समस्या देखिएको छैन।
नेपाल टेलिकमले समस्याको बारेमा कुनै आधिकारिक सूचना दिएको छैन।