
सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा माओवादी पार्टीकी रेखा शर्मा नियुक्ति
- ByYatra Online TV --
- ३ माघ २०७९, मङ्गलवार --
सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा नियुक्त भएकी छन् ।
मंगलबार विस्तार गरिएको मन्त्रिपरिषद्मा शर्मालाई सञ्चारमन्त्रीको जिम्मेवारी दिइएको हो ।
शर्मासँगै नियुक्त भएका मन्त्रीहरूलाई राष्ट्रपति विद्या भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाएकी छन् ।
प्रतिनिधिसभामा माओवादीका तर्फबाट प्रत्यक्षमा निर्वाचित एक मात्र महिला सांसद रहेकी उनले एमालेका महासचिव शंकर पोखरेललाई हराएकी थिइन् ।