सुन्दरी युट्युबरको जालमा फसे हजारौँ फ्यान, ६ अर्ब लिएर फरार

१६ भदौ, काठमाडौं । एक चर्चित महिला युट्युबर तथा सोसल मिडिया स्टारमाथि करिब ६ अर्ब रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।

इन्स्टाग्राम स्टारसमेत रहेकी उनले विदेशी मुद्रा विनिमय कारोबार स्क्यामका माध्यमबाट आफ्ना हजारौँ फलोअर्सलाई जालमा फसाएकी थिइन् । उनले लगानी गरेको रकमबाट ठूलो मुनाफा प्राप्त हुने भनेर फलोअर्सलाई लोभ्याएकी थिइन् ।

यो घटना थाइल्याण्डको हो । नाथामोन खोंग नामकी युवतीले आफ्नो Nutty’s Diary नामक युट्युब च्यानलमा नियमित रुपमा आफ्ना नाचका भिडियोहरु अपलोड गर्ने गर्दथिन् । उनको च्यानलमा करिब साढे ८ लाख सब्सक्राइबर्स थिए ।

इन्स्टाग्राममा पनि उनका ३ लाखभन्दा धेरै फलोअर्स थिए । उनले इन्स्टाग्राममा विदेशी मुद्रा विनिमयको कारोबारका विषयमा निजी कोर्सको प्रचार प्रसार गर्ने गर्दथिन् र फलोअरहरुलाई ३५ प्रतिशत सम्म मुनाफा हुने भन्दै लगानी गर्न आह्वान गर्दथिन् ।