सुनको भाउ निरन्नतर घट्ने क्रम जारी

साप्ताहिक कारोबारको अन्तिम दिन आज सुनको मूल्य घटेको छ । शुक्रबार चाँदीको मूल्य पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । 

यसअघि बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९४ हजार १०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो । शुक्रबार तोलामा ३५ रुपैयाँ घटेर चाँदीको मूल्य प्रतितोला १ हजार १४५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार १८० रुपैयाँमा किनबेच भएको थियो ।