बिकसीत नयाँ कर्जा सेवा सम्बन्धी प्रभु बैंकको अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रभु बैंकले कृषि क्षेत्र विकास कार्यक्रम (ASDP)को लाभग्राहीहरुको लागि बिकसीत नयाँ कर्जा सेवा ( New Loan Product) सम्बन्धी प्रभु बैंकको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । यहि भदौ ६ गते, होटेल भ्यालीभ्यु, वीरेन्द्रनगर, सुर्खेतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

कृषिक्षेत्र विकास कार्यक्रमका लागि अन्तराष्ट्रिय कोष (IFAD)को आर्थिक सहयोगमा नेपाल सरकारको संघिय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयद्धारा सञ्चालित उक्त कार्यक्रम कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा बस्ने जनताको गरिवी तथा पोषण असुरक्षालाइ न्युनिकरण गर्ने लक्ष्य रहेको बताइएको छ ।

भुमिव्यवस्थापन, कृषितथा सहकारी मन्त्रालय, कर्णालीका सचिव डा. लेखराज दाहाल प्रमुखअतिथि रहेको उक्त कार्यक्रमा प्रभुबैंकका सुनिल रानालगायत कर्णालीप्रदेश अन्तर्गतका शाखाप्रमुखहरुको उपस्थिति रहेको थियो ।

बिनोद कुमार भट्टराईले कृषि क्षेत्र विकास कार्यक्रमको परीचय सहित यस कार्यक्रमको कार्यक्षेत्र तथा कामगर्ने तरीकाको बारेमाजानकारी गराउनु भएको थियो । प्रभुबैंकका (Head- Microfinance Department) का  चन्द्रबहादुर खत्रीले (ASDP) को लाभग्राहीहरुकालागि सहज र सरल तरीकाबाट कर्जा उपलब्ध गराउनकालागि छुट्टै (Loan Product) बनाई कार्यान्वयन गरीने जानकारी गराउँदै कर्णालीप्रदेश तथा सो अन्तर्गतका शाखा प्रमुखहरुलाई यस कार्यक्रम अन्तर्गतका लाभग्राहीहरुलाई सहज रुपमा कर्जा प्रवाह गराई वित्तिय साक्षरता समेत उपलब्ध गराउन आग्रह गर्नु भएको थियो ।