सामुदायिक होमस्टेको व्यवस्थापन समितिमा सुरज बास्तोला निर्वाचित

सामुदायिक होमस्टे ग्रामिण पर्यटन व्यवस्थापन समिति नगरकोटको अध्यक्षमा सुरज बास्तोला निर्वाचित भएका छन् । हिजो सोमबार भएको होमस्टेको ११ औं साधरणसभाबाट दोस्रो कार्यकालकोलागि सर्वसहमत चयन भएका हुन् ।

त्यसैगरी होमस्टेकोे उपाध्यक्ष इन्दिरा बास्तोला, सचिबमा सुबास बास्तोला, कोषाध्यक्षमा लक्ष्मी बास्तोला चयन भएका छन् । जसको सदस्यहरुमा गोविन्द बास्तोला, बिमला बास्तोला र रमा बास्तोला छानिएका छन् ।दोस्रो कार्यकालकोलागि ११ औं साधरणसभाले होमस्टेको सल्लाकार समितिमा राजकुमार लामिछाने, निरन्जन बजगाइ, नबिन गुरुङ, क्यारेन ध्वजु र शिव लामिछाने छनोट गरेको छ । अध्यक्ष बास्तोला दोश्रो कार्यकालका लागि पुन: निर्वाचित भएका हुन् ।