सेफ एसोसिएसन बेलायतले सेफ पेशामा आबद्ध रहेका नेपालीहरुलाई एकताबद्ध हुन आग्रह ।

बेलायतमा रहेर सेफ पेशामा रहेका नेपालीहरुलाई एकताबद्ध हुन सेफ एसोसिएसन बेलायतले आग्रह गरेको छ ।

 बिशेषगरी बेलायतका प्रमुख राज्यहरु इंगल्याण्ड, वेल्स, स्कटल्याण्ड र नर्थन आइरल्याण्डमा रहेको नेपाली सेफहरुलाई एसोसिएसनमा नवनिर्वाचत अध्यक्ष कोलेश्वर ढकाल र उपाध्यक्ष ठाकुरप्रसाद ढुंगानाले अपिल गरेका हुन् । झण्डै १० हजार नेपालीहरु  बेलायतमा रहेका होटल, रेष्टुराँ, टेक अवे र क्याटरिङमा सेफ पेशामा रहेको एसोसिएसनले अनुमान गरेका छ ।

प्रवासमा रहेका नेपालीहरुबीच एकता कायम गर्न र सेफ पेशालाई निकट भविष्यमा प्रतिस्पर्धामार्फत क्षमता अभिवृद्धि गर्न पनि एकताबद्ध हुनु जरुरी भएको उपाध्यक्ष ढुंगानाले जानकारी गराएका छन्  । अनलाइन रजिष्ट्रेसन मार्फत वैधानिक रुपमा काम गर्ने नेपाली सेफहरुले एसोसिएसनमा जोडिन सक्नेछन् ।