४३ औ अन्तराष्ट्रिय पर्यटन दिवसको अवसरमा सोट्टो नेपालद्धारा आयोजित एकदिवसिय पदयात्रा सम्पन्न

४३ औ अन्तराष्ट्रिय पर्यटन दिवसको अवसरमा सोट्टो नेपालद्धारा आयोजित एकदिवसिय पदयात्रा सम्पन्न  भएको छ । पदयात्रा नालागुम्बाबाट सुरु भएर महाडकालेश्वर,नटामरम्भेश्वर, साँगा, आसापुरी, घ्याम्पे डाँडामा गएर समापन गरिएको थियो । एकदिवसिय पदयात्रामा सोट्टो नेपाल का पदाधिकारि,पूर्ब अध्यक्ष लगाएत सकृय सद्स्य हरु अन्य संघ सस्था बाट नाटा,टान,एन।एमए ,पर्यटन बोर्ड का प्रतिनीधि, नेपाल रास्ट्रिय पर्यटन ब्यबसायि सँगठन का अध्यक्ष  बाइन्चार्ज,अध्यक्ष,महासचिव, पर्यटन प्रहरी, पर्यटन व्यबसायी, भक्तपुर नगरपालिकाका प्रतिनिधि साथै स्थानियहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको छ । 

एकदिवसिय पदयात्राको दुरी १७ किलोमिटर रहेको थियो भने सबै सहभागहिरुलाई यस क्षेत्रको पर्यटकिय महत्वको बारेमा चर्चा गरिएको थियो । काठमाण्डौंको नजिकै रहेका यि क्षेत्रहरु रमणिय पर्यटकिय स्थल भएता पनि व्यवसायिक पर्यटन क्षेत्रको रुपमा स्थपना हुन नसकेकोले यस कार्यक्रमको आयोजना गरिएको आयोजन टोलीले जानकारी दिएको छ । 

धर्मिक, सास्कृतिक पर्यटकिय दृश्टिकोणले पनि यहाँका सबै क्षेत्रहरु महत्वपुर्ण छन् । मनै लोभ्याउने पहाडका थुम्काहरु, कलकल बग्ने खोला, पहाडबाट झरेका  हिउँ जस्ता झरना, स्थानिय स्वादले बनाएर पस्कने होटल र हामस्टेहरु साथै हाम्रो धार्मिक आस्थालाई पनि उजागर गर्ने मठ मन्दिरहरुले यस क्षेत्रलाई बिषेस बनाएको यहाँका स्थानियले जानकारी दिएका छन् । घ्याम्पे डाँडामा अबस्थित घ्याम्पे डाँडा होटलले यहाँ आउँने पर्यटकहरुलाई बस्न खानको लागि उच्च सुविधा प्रदान गर्ने होटल सञ्चालकले जानकारी दिएका छन् । 


भक्तपुर जिल्ला पर्ने यो क्षेत्रहरुमा यात्रा गर्दा कुनै किसिमको डर, भयबिनानै निश्चित भएर पैदल यात्रा गर्न सकिने पर्यटकिय प्रहरीले जानकारी बताएका छन् । कार्यक्रमका आयोजक सोट्टो नेपालका अध्यक्ष नारायन पराजुलीले यो सबै क्षेत्रको सम्उन्नत विकास, पर्यटकिय क्षेत्रको प्रवद्धन साथै स्थानिय पर्यटन व्यवसायिहरुलाई टेवा प्रदान गर्नको लागि एकदिवसिय पदयात्रा कार्यक्रमको आयोजना गरिएको बताएका छन् ।