
कागेश्वरी मनोहरा नगरपालिकामा कर्मचारीको माग
- ByYatra Online TV --
- १७ भदौ २०७९, शुक्रवार --
काठमाडौं जिल्लाको कागेश्वरी मनहरा नगरपालिकाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । मूलपानी नगर अस्पतालमा करार सेवामा पदपूर्ति गर्नेगरी नगरपालिकाले कर्मचारी माग गरेको हो ।
अस्पतालको लागि मेडिकल अधिकृत, डेन्टल सर्जन, सहायक कृषि प्रसार अधिकृत, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, रेडियोग्राफर, प्लम्बर, इलेक्ट्रिसियन र कार्यालय सहयोगी लगायतका पदमा दरखास्त आह्वान गरिएको सुचनामा जनाईएको छ ।योग्यता पुगेका इच्छुक नागरिकले १५ दिनभित्र रितपूर्वक दरखास्त दिनसक्ने पनि सुचनामा बताइएको छ ।