डेंगीका बिरामीले १०२ मा फोन गरेर एम्बुलेन्स सेवा निःशुल्क लिन सक्ने ः मेयर बालेन
- ByYatra Online TV --
- ३१ भदौ २०७९, शुक्रवार --
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले डेंगीका बिरामीले आवश्यक पर्दा १०२ मा फोन गरेर एम्बुलेन्स सेवा लिन सक्ने बताएका छन् । मेयर शाहका अनुसार डेंगी संक्रमित भए वा संक्रमित भएको शंका लागेमा ११८० मा फोन गरेर स्वास्थ्यकर्मीहरूसँग परामर्श गर्न सकिने पनि बताएका छन् ।
साथै महानगरले डेंगीको रोकथाम र नियन्त्रणमा टोल–टोल वा सामुदायिकरूपमा नै सक्रिय भएर लाग्न पनि उनले आग्रह गरेका छन् । उनले डेंगी रोकथामका लागि महानगरले थप कार्यक्रम पनि विस्तार गर्दै स्रोत र जनशक्तिको प्रयोग गर्दै जाने बताएका छन्।
पछिल्लो समय डेंगीका बिरामी बढेका छन् भने अस्पतालहरूमा डेंगीका बिरामी आउने क्रम पनि बढ्दो छ र अवश्था भयावह बन्दै गएको बताएका छन् ।