सारंगीको धूनमा बेलायती मोहित बन्दै

लोकप्रिय सारंगी वादक हेमन्त कान्छा रसाइलीको एकल सारङ्गी साँझ सम्पन्न भएको छ ।   गायक, गीतकार तथा संगीतकारसमेत रहेका रसाइलीको एकल सारङ्गी साँझ अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न भएको हो । गैरआवासीय नेपाली संघ एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरको प्रमुख आतिथ्यतामा कान्छा रसाइलीको एकल सारङ्गी साँझ भएको छ । रसाइलीको कार्यक्रम हेर्न ठूलो संख्यामा बेलायतमा रहेका नेपालीहरु पुगेका थिए । काँचो सुन्तला, कैले तिम्रो बन्न सकिनँ,पराइ ठानेपछि, लगायतका दर्जनबढी हिट गीतका सर्जक समेत रहेका रसाइलीलाई सारङ्गी साँझमा गीता पाइजा, बिमला श्रीसले साथ दिएका थिए । 
मोना यूकेको निमन्त्रणामा बेलायत भ्रमणमा रहेका रसाइलीको त्यही क्रममा सारङ्गी साँझको आयोजना गरिएको थियो । रसाइलीले  हालसम्म १२ हजारभन्दा बढी गीतहरुमा सारंगीका धुन रेकर्ड गरिसकेका छन् । त्यसैगरी  ४ दर्जनभन्दा बढी गीतहरुमा स्वर, संगीत भरिसकेका छन् ।